१५ मंसिर, सिमरा । ३० औं विश्व एड्स दिवस संसारभर मनाइरहँदा बाराको सिमरामा अरुणोदय युवा क्लबले आयोजना गरेको कार्यक्रममा पथलैया निवासी मनिता तामाङले निर्धक्कसँग भनिन् 'म एचआईभी संक्रमित हुँ ।'
नेपालमा एचआईभी संक्रमितको अवस्था र तथ्यांक अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसको मुख्य कारण संक्रमितहरुले रोग लुकाउनु नै हो । …