नेपाली काँग्रेस लुम्बिनीको प्रदेश सभापतिको उम्मेदवारका रुपमा संस्थापन पक्षले भरत शाहलाई अगाडि सारेको छ । मंगलबार गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको संयोजकत्वमा बसेको संस्थापन पक्षका नेताहरु लुम्बिनी प्रदेश स्तरीय बैठकले शाहलाई सभापतिको उम्मेदवार बनाउने सहमति जुटाएको हो । शाहले रातोपाटीलाई भने , ‘लुम्बिनी प्रदेश सभापतिका लागि हाम्रो समूहमा मेरो नाममा सहमति भएको छ । अब प्रदेश सभापति म उम्मेदवार बन्ने पक्का भएको छ ।’लुम्बिनी प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य