रिपोर्ट: चुनावमा ‍झुपडी धाउँछन्, जितेपछि सुकुम्बासीलाई बिर्सन्छन्

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले जनताको घरदैलो पुग्ने कार्यक्रम तीव्र बनाइसकेका छन् । बुधबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, ११ वडाका अध्यक्ष उम्मेदवार हिरालाल तन्डुकार चुनावी ‍टोलीसहित थापाथलीको सुकुम्बासी बस्ती पस्यो । विगतका उम्मेदवारले झैं उनीहरुले पनि लालपुर्जा, नागरिकता र खानेपानी व्यवस्थापनबारे आश्वासन बाँडेर फर्के । सुकुम्बासी बस्तीका लागि दलहरुबाट पाउने यी आश्वासन नौलो कदापी होइन ।