काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने बताएको छ।
आइतवार सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिवद्ध राजनीतिक दलहरुसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको…