सरकारले सान मारिनो र गणतन्त्र निकारागुवाका लागि आवासीय राजदूत नियुक्त गरेको छ । यसअघि स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रहेका रामप्रसाद सुवेदीलाई सान मारिनो र संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि रहेका लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत जिम्मेवारी तोकेको हो ।