मानव जीवनको अस्तित्व उसको वरिपरिको पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि जल र जमिनमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । यिनीहरूको अस्तित्व सङ्कटमा पर्नु भनेको मानव जीवन नै पूर्णतः सङ्कटमा परेर ठूलो क्षति हुनु हो । मानिसले आफ्नो जीवनका लागि प्रकृतिबाट धेरै वस्तु ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ, न कि वातावरणीय विनाशबाट । वातावरण विनाशबाट हाम्रोजस्तो विकासोन्मुख मुलुकको अर्बौं धनराशि नास भएको छ । वातावरण विनाशको कुप्रभावले ठूलो असर परेको छ । प्राकृतिक स्रोतको उचित संरक्षण नहुनु, आगलागी, फोहोरमैलाको उचित व्यवस्थापन नहुनु पनि वर्तमान वातावरण विनाशको एक प्रमुख तìवका रूपमा लिन सकिन्छ । सहरमा घरायसी प्रयोजनबाट, कारखानाबाट, अस्पतालबाट, सडेगलेका वस्तुबाट, वायु, जल, माटो आदिमा हानिकारक तथा घातक फोहोरमैला निस्कन्छ । यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा तीव्र क्षति पु¥याएको छ । त्यस्तै भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षाजस्ता जल्दाबल्दा समस्या वातावरण विनाशका कारक तìवको उपज बनिरहेका छन् । वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई पृथ्वीको तापक्रममा परिवर्तन भएको छ । सोको कारण पनि सहरको उचित व्यवस्थापनको अभाव हुनुका साथै गुणस्तरीय जीवनमा ठूलो असर पारेको छ ।