जनकपुरधाम : मधेशी युवाको शहादतकै कारण मधेशवादी दल र नेता स्थापित भए पनि शहीद र उनका परिवार उपेक्षित भएका छन्।मधेश आन्दोलनका क्रममा दर्जनौं युवाले ज्यान गुमाएका थिए। तिनै युवाका परिवारलाई मधेशवादी नेताहरूले उपेक्षा गरेका छन्। मधेश प्रदेश र स्थानीय तहमा मधेशवादी दलकै सरकार भए पनि उनीहरूको पीडा बुझ्ने काम भएको छैन।२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा शहीद भएका नीतु यादव, सञ्जय चौधरी र दिलीप यादव लगायतको प्रतिमामा जसपा (जनता समाजवादी पार्टी) नेपालले शहीदद्वारमा सभा आयोजना गरी श्रद्धाञ्जलि अर्