प्रहरीको ओएनएम स्वीकृत, समायोजनका लागि बाटो खुल्यो

नेपाल प्रहरी समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले प्रहरी समायोजन सम्वन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम’) स्वीकृत (पास) गरेसँगै समायोजनका लागि बाटो खुलेको हो । गृह मन्त्रालयका अनुसार, प्रहरी समायोजन सम्वन्धी ओएनएम स्वीकृति (पास) भएको छ । प्रहरी समायोजन विधयेक २०७६ यसअघि नै स्वीकृत भइसकेको हो । ओएनएमले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी ) एक र प्रहरी नायव महानिरीक्षक (डिआइजी ) पाँच गरी छ दरवन्दी थप गरेको छ ।