‘लोकहित तथा सामावेशिताका क्षेत्रमा समेत मैथिली साहित्यका महाकवि विद्यापतिको योगदान अतुलनीय’

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मैथिली साहित्यका महाकवि विद्यापतिले भाषा, साहित्य र सौन्दर्यशास्त्रमा मात्रै नभई आफ्ना रचनामार्फत लोकहित तथा सामावेशिताका क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएको धारणा राख्नुभएको छ । विद्यापति स्मारक संरक्षण समितिले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व २०८०’ कार्यक्रममा नेता निधिले महाकवि विद्यापतिले तत्कालीन अवस्थामा पनि मैथिली भाषा, साहित्यको माध्यमबाट लोकतन्त्र, जनहित, …

सम्बन्धित सामग्री

विद्यापतिको योगदान अतुलनीय छ : नेता निधि

जनकपुरधाम – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मैथिली साहित्यका महाकवि विद्यापतिले आफ्ना रचनामार्फत लोकहित तथा सामावेशिताका क्षेत्रमा समेत अतुलनीय योगदान पुर्‍याएको बताएका छन् । विद्यापति स्मारक संरक्षण समितिले आज जनकपुरधाममा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व २०८०’ कार्यक्रममा नेता निधिले महाकवि विद्यापतिले तत्कालीन अवस्थामा पनि मैथिली भाषा, साहित्यको माध्यमबाट लोकतन्त्र, जनहित, सामाजिक विभेद तथा कुरितीविरुद्ध सशक्त […]

आधुनिक नाटकका प्रणेता

नेपाली साहित्यको इतिहासमा बालकृष्ण सम नाट्यसम्राट्का रूपमा विभूषित हुनुहुन्छ । राणा परिवारमा जन्मेर उहाँले नेपाली नाटकलाई जुुन किसिमको योगदान दिनुुभयो, त्यसले नेपाली नाटक गतिशील बनेको छ । नेपाली साहित्यमा नाटक अनुवादको जुन परम्परा रहेको थियो, त्यो परम्परा तोडेर आधुनिक नाटकलाई गति दिनुभएका समको जन्म वि.सं. १९५९ माघ २४ गते भएको थियो । जीवनका हरेक सन्दर्भलाई नाटकमा समाहित गर्नुभएका समको साहित्यिक व्यक्तित्व नाटकका माध्यमबाट निखारिएर आएको देखिन्छ । कवितामा पनि सफल मानिनुुभएका समको व्यक्तित्वका विविध पाटा सबल रूपमा स्थापित भएर आएका देखिन्छन् । साहित्यका धेरैजसो विधामा कलम चलाउनुभएका समले नेपाली साहित्यलाई मसिनो तरिकाले बुुझ्नुुभएको छ । कविशिरोमणि लेखनाथ पौड्याल, सोमनाथ सिग्द्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटाका सहकर्मी र दाजुु पुुष्कर शमशेरको सान्निध्यमा हुुर्कनुुभएका समले नाटक, कविता, आत्मवृत्तान्त, निबन्ध, दर्शनजस्ता विधामा समेत आफ्नो बलियो उपस्थिति देखाउनुुभएको छ । उहाँको साहित्यिक व्यक्तित्वका अनेक पाटा बाहिर आएका छन् । ती व्यक्तित्वका पाटाहरूमा नाटककार व्यक्तित्व नै महारथीका रूपमा देखा परेको छ ।

महालेखा नियन्त्रक मैनालीलाई महाकवि देवकोटा पुरस्कार

महालेखा नियन्त्रक गोपीनाथ मैनालीलाई यस बर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार एवं सम्मान प्रदान गरिएको छ । साहित्यकार समेत रहेका मैनालीलाई नित्यराज प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर रुपमा समर्पित भएर योगदान गष्रेको भन्दै सम्मान गरिएको हो । बनेपामा मंगलबार आयोजित कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा. डां दिनेशराज पन्तको उपस्तिीमा उनलाई सम्मान गरियो ।

महाकवि रवीन्द्रनाथ टैगोरको आज १५७ औं जन्मदिन

आज कवि, दार्शनिक, कलाकार एवं नाट्यशास्त्री रवीन्द्रनाथ टैगोरको १५७ औं जन्मदिन हो। उनलाई विश्वले नै साहित्य –कला र जीवनदर्शनको ज्ञाताको उपमा दिँदै आएको छ। मे ७ सन् १८६१ मा कलकत्तामा जन्मेका टैगोर नोबेल पुरस्कार पाउने पहिलो एशियालीसमेत हुन्। आफ्नो जीवनकालमा साहित्यमात्र नभई राजनीति, दर्शन तथा शिक्षामा समेत अतुलनीय योगदान पुर्याएका उनको काव्यकृति ‘गीताञ्जली’लाई विश्वकै सर्वश्रेष्ठ काव्य…