दाङ : अक्सिजन अभावबारे प्रमुख जिल्ला अधिकारीसहितकाे बैठक सुरु

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभावलाई लिएर आपूर्तिका लागि अहिले प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसिरहेको छ । कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा आइतवार बिहान एक जनाको ज्यान गएको थियो । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण कोरोना सङ्क्रमितको ज्यान जान थालेपछि अक्सिजन आपूर्तिबारे आकस्मिक बैठक सुरु भएको हो । कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा धेरैको ज्यान जोखिममा परेको छ । ...

सम्बन्धित सामग्री

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो । प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो । कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आ...