बारा - बारामा बाल विवाह गर्ने/गराउने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षकी एक बालिकालाई २४ वर्षका पुरुषसँग विवाह गराएको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ का महेश सहनी र पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ बस्ने ठग सहनीले आपसी सहमति गरेर २४ वर्षका विशाल सहनीको बिहे १७ वर्षकी बालिकासँग गराएका थिए । गएको १७ गते भुटनदेवी मन्दिरमा बिहे गराएको सूचना पाएपछि प्रहरीले तीनै जना अभियुक्तलाई खोजी गरिरहेकोमा हिजो पक्रन सफल भएको जनाएक...