धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएका प्रमुखसहित २५ जनाले आफ्नो उम्मेदवारी दर्ता फिर्ता लिएका छन् । फिर्ता लिनेमा राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी अन्जना श्रेष्ठसहितका उम्मेदवार रहेका छन् ।निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको शुक्रबार साँझ ५ बजेको समयसम्ममा उनीहरुले फिर्ता लिएका हुन् । प्रमुख पदका उम्मेदवारसहित २५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले बताए ।