नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको छ । संगठनको तर्फबाट १० बुँदे माग पत्र लिएर उपकुलपति धर्मकान्त बास्कोटालाई बुझाउन जाने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि तोडफोड गरिएको हो ।त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्यालाई केन्द्रमा राखेर ज्ञापन पत्र लिएर जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । ‘१० बुँदे माग लिएर उपकुलपतिलाई बुझाउन साथीहरु जानु भएको थियो । संगठनले उठाएको माग उपकुलपति