मौसम खराब हुँदा त्रिभुवन विमानस्थलमा उडान–अवतरण प्रभावित

१० फागुन, काठमाडौं । मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण प्रभावित भएको छ । बिहीबार साँझ सामान्य वर्षासँगैको तुवाँलोले ‘भिजिबिलिटी’ कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार मौसम खराब हुँदा उडान–अवतरण प्रभावित भएको हो । कतारको दोहाबाट आएको कतार एयरवेजको एउटा जहाज केही समय ‘होल्ड’ […]

सम्बन्धित सामग्री

भीडले त्रिभुवन विमानस्थल अस्तव्यस्त

केही दिनयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा परेको जहाज तथा यात्रु चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनलाई हम्मे परेको छ। विमानस्थलले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर जहाज उडान–अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ । नियमित उडान तालिकाअनुसार गन्तव्य जानुपर्ने जहाजको चाप विमानस्थल कार्यालयले व्यवस्थापन गर्न नसक्नु र सँगैसँगै मौसम खराब भइदिँदा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्।