इलाम : कर्मचारीले जानकारी नदिई मतपेटिका खोलेको भन्दै नाराबाजीपछि रोकिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम–१ को मत गणना अझै शुरु भएको छैन।१४ घण्टादेखि मत गणना हुन सकेको छैन। १० बजे सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने भनिए पनि भर्खरैमात्र बैठक शुरु भएको छ।इलाम–१ मा १ लाख ९ हजार ५३५ मतदाता भए पनि ५९ हजार ९०६ मत मात्र खसेको थियो। मंगलबार राति ८ बजेसम्म २३ हजार ८६४ मत गणनाको नतिजा सार्वजनिक हुँदा एमालेका महेश बस्नेतले १ हजार ५०७ मतले अग्रता बनाइरहेका छन्।बस्नेतले १०