राँझा (बाँके), ५ चैत । नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र यस क्षेत्रका क्षयरोगका बिरामीका लागि वरदान सावित भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागमा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालन हुँदै आएको क्षयरोग प्रेषण केन्द्रमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । रोल्पा लिवाङकी ७६ वर्षीया तीरमला पुन छ महिनादेखि प्रेषण […]