विगतमा पर्यटकले खचाखच हुने मकवानपुरको उत्तरी क्षेत्रको चित्लाङ–मार्खु क्षेत्रमा अहिले पर्यटकको चहलपहल घटेको छ । गत पुसको अन्तिममा गणेशमान सिंह मार्गको चित्लाङ–थानकोट सडकखण्ड अन्तर्गत काठमाडौँतर्फ सवारीसाधन दुर्घटनासँगै पर्यटकीय स्थल चित्लाङ–मार्खु क्षेत्रमा पर्यटकको आगमन घटेको हो । चित्लाङ–थानकोट सडकखण्ड अन्तर्गत सेतो पहरामा पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएसँगै उक्त मार्ग भएर सवारीसाधनको आवागमन ह्वात्तै घटेको छ ।
१४ जेठ, काठमाडौं । मकवानपुरको मार्खु क्षेत्रमा पुग्ने धेरैले अहिले व्यक्त गर्ने चिन्ता हो, कुलेखानी जलविद्युत आयोजनाको जलाशय त नराम्रोसँग सुकाइएछ । हुन पनि कुलेखानी जलाशयमा जसरी पानी सुकेको छ, त्यसले सुन्दर इन्द्रसरोवर ताल कुरुप देखिएको छ । स्थानीयबासी र पर्यटकहरुले यसरी पानीको सतह घट्नुलाई राम्रो मानेका छैनन् । तर, नेपाल विद्युत प्राधिकरण अझै यो […]
हाम्रो देश नेपाल रमणीय स्थल र सौन्दर्यताले भरिपूर्ण छ । नेपालमा ठूला–ठूला पर्यटकीय स्थलहरू धेरै छन्, तर काठमाडांै उपत्यकाबाट नजिकैको स्थल कुलेखानी मार्खु पनि सौन्दर्यताले भरिपूर्ण स्थल हो, जुन मकवानपुर जिल्लामा पर्छ । काठमाडौंबाट लगभग चार घण्टाको यात्रामा ५० किलोमिटर पार गर्दा सजिलै मार्खु पुग्न सकिन्छ । ठाउँठाउँमा फुलेका लालीगुँरासका रंगीविरंगी फूल र हरिया वनजङ्गल […]
मकवानपुर, २९ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बनियाँले महेन्द्रा कम्पनीको बलेरो गाडी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् । उनले इन्द्रसरोवर १ का वडाध्यक्ष जमानसिंह वाइबालाई एम्बुलेन्सको चाबी […]
मकवानपुरको ईन्द्रसरोवरमा रहेको मोहिनी झरनामा डुबेर एक जनाको मृत्यु भएको छ। रसुवाबाट मकवानपुर घुम्न आएका एक किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -१ मार्खु कुलेखानिस्थित मोहिनी झरनामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर-१ का १७ वर्षीय तेन्जिङ दोन्डुप रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालल
हेटौंडा : मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-१ मार्खुको मोहिनी झरनाबाट झरेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।इन्द्रसरोवर गाउँपालिका-१ मार्खु कुलेखानिस्थित मोहिनी झरनाबाट झरेको पानीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको हो । डुबेर मृत्यु हुनेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका-१ का १७ बर्षीय तेन्जिङ दोन्डुप रहेको जनाइएको छ। तेन्जिङ ४ जना साथीहरूसँग झरना घुम्न आएको र पौडि खेल्ने क्रममा डुबको मकवानपुरको प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिरोले घर बगाएपछि बेपत्ता आमा छोरीको शव फेला परेको छ।
पहिरोमा परी बेपत्ता भएकी कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया छोरी बबिता बलामीको शव रहेको स्थानदेखि केही तल फेला परेको प्रहरीले जानकारी दिएको छ। शव फेला परे पनि अझै निकाल्न सकिएको छैन। ...
काठमाडौं, ८ साउन– ६ वर्षअघि मकवानपुर मार्खु ८ का दिनेश गोले ड्राइभरका रुपमा साउदी गएका थिए । तलब नौ सय रियाल र ओभरटाइमबाट पनि पाउने आशामा उनी साउदी गएका