काठमाडौं : आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर मनाइँदैछ। यो दिवस प्रत्येक बर्ष डिसेम्बर १० तारिखका दिन मनाइन्छ। सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप दिवस मनाउने गरिएको हो। विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो। पछिल्लो तथ्यांकअनुसार यो घोषणापत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ। यस वर्ष संकटबाट थप सुन्दर, समान र स्वच्छ भएर उठ्नेछौँ भन्ने नाराका साथ दिवस म