विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। आइतबार विप्लवका नेता खड्गबहादुर विश्वकर्मासहित यादवलाई भेट्न उनकै निवास पुगेका थिए। भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको यादवको सचिवालयले जनाएको छ। केही दिनदेखि विप्लवले विभिन्न दलका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिइरहेका छन्।शनिबार उनले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र एमाले नेता रामबहादुर थापालाई भेटेका थिए।

सम्बन्धित सामग्री

विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

१० साउन, काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । यादवको निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए । अघिल्लो हप्तादेखि विप्लवले …

विप्लव र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्  । भेटमा नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको पनि सहभागिता थियो ।  शनिवार मात्रै एमाले नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा  ‘बादल’ र जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसँग विप्लवको टोलीले भेटवार्ता गरेको थियो ।  साथै विप्लवले अधिकांश राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गरिसकेका छन् ।