गंगालालमा रोकियो मुटु शल्यक्रिया

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अत्यावश्यक ‘अक्सिजेनेटर’ सकिए पनि अस्पतालले बेलैमा प्रबन्ध नगर्दा मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाइएको छ ।