काठमाडौं । राष्ट्रपति भवन शीतलनिवासअगाडि शुक्रबार आत्मदाह गर्न खोज्ने २० वर्षीया निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।
आफू बलात्कृत भएको र प्रशासनले सहयोग नगरेको गुनासो गर्दै उनले आत्मदाह गर्ने भन्दै शरीरमा पेट्रोलियम पदार्थ खन्याएकी थिइन्...