काठमाडौंको बजारमा हरियो तरकारीको मूल्य एक्कासी बढेको छ । अविरल वर्षाका कारण यो हप्ता बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन नसक्दा मूल्यमा दोव्बर वृद्धि भएको हो । एक हप्ताको अवधिमा बजारमा अधिकांश हरियो तरकारीको मूल्य दोव्बरले बढेको कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले पछिल्लो समयमा तरकारीको आयात नै कम हुँदा मूल्य बढ्न गएको जानकारी दिए ।
“लकडाउनदेखि नै बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन सकेको छैन,” उनले भने, “यो साता मुलुकभर आएको बाढी पहिलो कारणले तरकारीको आयात न्युन हुँदा मूल्य बढ्न गएको हो ।” लकडाउनपछि तरकारीको आयात कम भएको थियो । यतिबेला तरकारीको उत्पादनको सिजन नभएको र भएको तरकारी पनि बाढीको कारणले बजारमा भित्रिन नपाउँदा मूल्यमा सामान्य बृद्धि भएको उनको भनाइ छ । बजारमा होलसेल मूल्यको तुलनामा दोब्बर खुद्रा मूल्य कायम रहेको छ । शंखमूलकी व्यवसायी पवित्रा थापाले अधिकांश हरियो तरकारीको मूल्य बढेर आएको बताइन् । “बाढीपहिरोको कारणले बजारमा पर्याप्त मात्रामा तरकारी भित्रन नसक्दा मूल्य बढ्न गएको छ,” उनले भनिन, “राति ३ बजे उठेर गए पनि होलसेलबाट हामीलाई तरकारी पाउने मुस्किल छ ।” तरकारीको मूल्य अस्वाभाविक बढ्दा त्यसको प्रत्यक्ष असर आम उपभोक्तालाई पर्न गएको छ ।
सामान्य अवस्थामा कालीबाटी बजारमा ६ देखि आठ सय टन तरकारी भित्रिने गरेको लकडाउनयता कम मात्रामा तरकारी भित्रिने गरेको छ । अहिले कालीमाटी बजारमा दुई सय देखि ३ सय टन तरकारी भित्रिने गरेको छ । कालीमाटी बजारमा धादिङ, काभ्रे, मकवानपुर, चितवन, लगायतका अन्य ठाउँमा तरकारी आउने गर्छ । लकडाउनका कारण अधिकांश मानिस काठमाडौंबाहिर गएकाले खपत पनि कम भएको थियो । सरकारले लकडाउनमा अत्यावश्यक वस्तुको आयातमा रोक नलगाएपनि आयात पनि कम मात्र भएको थियो । अहिले वर्षातको समयमा तरकारीको उत्पादन नै कम हुने गर्छ ।
बजारमा व्यवसायीले तरकारीमा कृत्रिम अभाव देखाएर मनपरी मूल्य लिई ठगिरहेको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना व्यवसायीले कृत्रिम अभाव गराएर तरकारीमा दोव्बर मूल्य बढाएको बताउँछन् । बजारमा अस्वाभाविक तरकारीको मूल्य बढे पनि बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले अनुगमन नगर्दा व्यवसायीले मनपरी मूल्य लिने गरेको उनको भनाइ छ । सामान्य अवस्थामा उत्पत्यकामा आठ सय देखि एक हजार मेट्रिक टन तरकारी खपत हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठुलो परिणाममा छिमेकी मुलुक भारतबाट तरकारी भित्रिने गरेको छ ।
यता, फलफूलको मूल्य पनि बढेको छ । आँपको सिजन सकिएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । बजारमा आयात कम हुँदा केरा र स्याउको मूल्य पनि बढन गएको व्यवसायीको भनाई छ ।
तरकारीको होलसेल र खुद्रा मूल्य (प्रतिकेजी)
तरकारी होलसेल खुद्रा
भिन्डी ६० १००
बन्दा ३८ ५०
स्थानीय काउली ९५ १५०
भन्टा लाम्चो ८० १२०
घ्यू–सिमी ८० १५०
परवर ९० १५०
घिरौंला ५० ९०
आलु रातो ५५ ७०
बोडी ६० ११०
गोलभेंडा २० ४०
स्रोतः कालीमाटी बजार र स्थानीय पसल
डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेका छन् ।
१२ वैशाख, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकमा लकडाउन आव्हान गरिएको छ । लकडाउन भएपनि वीरगञ्जमा अत्यावश्यक खाद्यान्नका पसल बिहान ११ बजेदेखि ३ बजेसम्म र औषधी पसल २४ अैं घण्टा खोल्न दिइएको छ …