विश्वविद्यालयका समस्या समाधानबारे शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हुने तालाबन्दी, खुला विश्वविद्यालयको डीन नियुक्तिमा भएको ढिलाइबारे आज नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग छलफल गरेका छन् । सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे । ‘प्राध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ’, मन्त्री पौडेलले भने, ‘समस्या आइपर्छन्, समस्या आइहाले भन्दैमा […]