स्टार्ट अप व्यवसायलाई कार्यान्वयनमा लैजान बन्यो योजना कार्यदल

आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ । आइतबार अर्थ मन्त्रालयको सक्रियतामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल बैङ्कर्स एशोसियसनका पदाधिकारीहरूबीच भएको छलफलले स्टार्ट अप व्यवसाय सञ्चालन तथा विस्तारका लागि कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो । सो सम्बन्धमा गृहकार्य गर्न अर्थ मन्त्रालयका सहसचिव महेश भट्टर