नियन्त्रणमुखी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : अर्थतन्त्र संकटोन्मुख रहेको स्पष्ट !

मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदै गएको संकेत गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको परिमार्जनमार्फत थप विदेशी वस्तुको आयातमा कडाइ गर्नेदेखि आन्तरिक ऋण परिचालनमा समेत नियन्त्रण गर्ने नीति लिनुपर्ने स्थिति निम्तिएपछि मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गएको प्रष्ट भएको हो ।बिहीबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरू मार्फत प्रवाह हुने ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर