घट्यो रुपैडिहा बजारको मोह

बाँकेको नेपाल–भारत सीमावर्ती बजार रुपैडिहा अहिले सुनसान छ । कोरोना भाइरस कोभिड–१९ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो ।नेपालगञ्ज–१० का गणेश शर्मा भन्नुहुन्छ, “कोरोना महामारीको आमनेपाली उपभोक्तालाई फाइदा पनि भएको छ । यसले नेपालीलाई आत्मनिर्भर र स्वदेशी वस्तुको गुणवत्ता चिन्ने अवसर पनि दिएको छ ।” रुपैडिहा बजारमा अहिले नेपालीहरुको प्रवेश शून्य प्रायः छ । आपत्कालीन अवस्थाका बिरामीको औषधी खरिदका लागि मात्र नेपालीहरुलाई रुपैडिहा प्रवेशको अनुमति दिने गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनुभयो ।