काठमाडौं : सरकारले सुदूरपश्चिम प्रदेशको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ। २०७९/८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन्।यस्तै, अबदेखि जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने भएको छ। जडीबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ।सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडीबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था गरिनेछ। पहाडी र हिमाली भेगमा पाइने बहुमूल