कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ । यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा बाँकी जिल्लामा गाडीमार्फत पठाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । निर्वाचन आयोगले कर्णालीमा करिब ११ लाख मतपत्र पठाएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला देवकोटाले मतपत्र लगायतका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइएको र सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जानकारी दिए । जिल्ला निर्वाचन कार