ग्राहकको खाताबाट लाखौं रुपैयाँ झिक्ने एभरेस्ट बैंकका शाखा प्रमुखसहित ९ जना पक्राउ

सुनसरीको इटहरीस्थित एभरेस्ट बैंक शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।