उनी ‘रातो’ जर्सी लगाएर लन्डन छिरे । बाहिरिँदा ‘नीलो’ जर्सीमा थिए । इंग्लिस प्रिमियर लिगमा धेरै विदेशी खेलाडी आए । गए पनि । तर ओलिभर जिरुडले छाडे जत्तिको प्रभाव अरूको विरलै छ । फ्रान्सेली ३४ वर्षीय खेलाडीले भर्खरै साढे तीन वर्षको चेल्सी बसाइमा पूर्णविराम लगाएका छन् ।