बंगलादेशमा ट्रान्सजेन्डर मान्यताको विरोध

स्कुलको पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर व्यक्तिको मान्यता हटाउने मागसहित पछिल्लो विरोध प्रदर्शनमा शुक्रबारको नमाजपछि आयोजित एक इस्लामिक जुलुसमा बंगलादेशको राजधानीमा हजारौं मानिस भेला भएका छन्। बंगलादेशमा ट्रान्सजेन्डर महिलाहरू बढ्दो कानूनी मान्यताको लाभार्थी भएका छन्। उनीहरूलाई आधिकारिकरूपमा तेस्रो लिंगका रूपमा मान्यता दिइएको छ। गत वर्ष पाठ्यक्रम परिमार्जनमा स्कुलका पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर महिलाहरूको पहिचानलाई समावेश गरिएको थियो। सामाजिक विज्ञानको एक […]