विश्वभरका क्याथोलिक क्रिश्चियन धर्मावलम्बीका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले क्यानडाका आदिवासीसँग माफी मागेका छन् । विगत लामो समय चर्चद्वारा सञ्चालित आवासीय विद्यालयहरूले क्यानडाका आदिवासी सम्प्रदायहरु फस्र्ट नेसन, इनुइट र मेटिसका बच्चाहरूलाई सानैमा जबरजस्ती परिवारबाट खोसेर आवासीय विद्यालयमा इशाइ रहनसहन गराउँथ्यो । सोमबार क्यानडाको पश्चिमी प्रान्त अल्बर्टाको मास्कवासिसस्थित पहिले एर्मिनेस्किन इन्डियन रेसिडेन्सियल स्कूल रहेको ठाँउमा पुगेर पोपले आफू क्यानडा आउनुको कारण ‘मेरो दुःख व्यक