सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो । विश्व स्तनपान सप्ताह शुभारम्भ गर्दे महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैङ्क