क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पेले तोक्यो १ रुपैयाँ प्रवेश शुल्क

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘क्यान इन्फोटेक २०२२’ को मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट ‘आइएमई पे’ रहेको छ । हालै राजधानी आयोजित एक  कार्यक्रममा वैशाख ७ देखि १२ गतेसम्म चल्ने मेलाको मूख्य प्रायोजक आईएमई पे रहेको जानकारी दिइएको हो ।सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनीको यो २७ औँ संस्करण हो । यसअघि कोभिड– १९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा