इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश पनि हुन् र भन्नेसम्म भाव हुने नेवार समुदायका मानिस बताउँछन् ।
रथयात्रा गर्ने क्रममा पहिलो र दोस्रो रथ गणेश र भैरवको हुन्छ भने अन्तिममा कुमारीको रथयात्रा हुन्छ । अवकाश नपाएसम्म भैरव र गणेश पनि कुमारीसरह बस्ने गर्छन् । कुमारी र भैरव÷गणेशमा एउटा मात्रै फरक रहेको पाइन्छ । कुमारी वर्षमा १३ दिन मात्रै स्थायी रूपमा बसेको कुमारी घरबाट बाहिर निस्कन पाउँछिन् भने भैरव र गणेशलाई बाहिर निस्कन छुट छ ।