अमेरिकाले दियो नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान

अमेरिकाले नेपाललाई एमसीसीभन्दा पनि ठूलो आर्थिक सहयोग दिने भएको छ । बिहीबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय आर्थिक सहयोग नियोग (यूएसएआईडी) का  प्रतिनिधिले नेपाललाई ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहयोग अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् ।अनुदान सहयोगसम्बन्धी सम्झौता पत्रमा युएसएआआइडीका निर्देशक सेपिदेह केवंशद र नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे