मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दीघाटमा निर्मित पक्की पुल बाढीले बगाएको छ । सो पक्की पुल बाढीले बगाउँदा दुई पालिका बीचको आवागमन अवरुद्ध भएको छ । पाँच वर्षअघि बबई नदीको बाढीले क्षति पुर्याएको पुल क्षतिग्रस्त र जोखिमयुक्त भए पनि दुई पालिकालाई छोटो दूरीका रुपमा साइकल, मोटरसाइकललगायत सवारीसाधन तथा मानवीय आवागमनमा सहजता पुर्याइरहेको थियो । विपद् व्यवस्थापन समितिको बैठक बसी सडक विभागलाई पुल मर्