पार्टी आधिकारिकता दाबी गर्न प्रधानमन्त्री ओली आयोग जाँदै

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी आधिकारिता दाबी गर्न आज निर्वाचन आयोग जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले ११ बजे आधिकारिता दाबी गर्न आयोगको कार्यालय कान्तिपथ जान लागेका हुन् ।