यस्तो छ चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिको कार्यविधि
सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ। कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।
सीटीईभीटीले विद्यार्थी भर्ना सुरु गरेको छ । तर चिकित्सा शिक्षा आयोगले सिट निर्धारण नभएको भन्दै सीटीईभीटी अन्तर्गतका कलेजमा मेडिकल शिक्षा सम्बन्धीका कक्षामा भर्ना नहुनु सूचना निकालेको छ । जसले गर्दा विद्यार्थी अन्योलमा छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३१ मा आयोगको संगठन तथा कर्मचारी व्यवस्थापन संगठनात्मक संरचना अर्थ मन्त्रालयको सहमतिमा सरकारले स्वीकृत गरेबमोजिम हुने भए पनि अझैसम्म आयोगको कर्मचारी दबरन्दी स्वीकृत हुन सकिरहेको छैन।
काठमाडौं, कात्तिक १ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा सरुवा गरेका सदस्य सचिव शिवकुमार सापकोटाको आयोगका उपाध्यक्षको निर्देशनमा निजी सुरक्षा गार्डले नेमप्लेट हटाएको छ । आइतबार बिहान ११ बजे आयोगमा हाजिर गरी कर्मचारीसंगको ब्रिफिङ लिइरहेका सदस्य–सचिव सापकोटालाई उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बैठक कक्षमै पुगेर ववाल गरेर पिएसओ लगाएर बोर्ड फ्याकिदिएका […]
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरूको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८र७९ का लागि कलेजहरूको लागि सिट सङ्ख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । हेर्नुहोस् सूचना:
२२ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरुको सिट संख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि कलेजहरुको लागि सिट संख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आयोगले विभिन्न ८२ कलेजलाई चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न कार्यक्रम […]
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रहरूमा मर्यादित र व्यवस्थित रूपमा भइरहेको भन्दै प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'परीक्षा जारी रहेको अवस्थामा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ' चिकित्सा शिक्षा आयोग