चिलिमे हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५२ करोड ५६ लाख रुपियाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको भन्दा ३.३ ले थोरै नाफा गरेको छ ।
कम्पनीको रसुवामा २२ मेगावाट क्षमताको चिलिमे आयोजना बनेको छ भने सान्जेन, अपरसान्जेन र रसुवागढी आयोजना निर्माणाधीन अवस्थामा छन् ।