राष्ट्रिय सभा निर्वाचनको तयारी तीव्र

यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले तीव्र गतिमा तयारी अघि बढाएको छ । राष्ट्रिय सभामा चार वर्ष कार्यकाल पूरा गरेका राष्ट्रपतिबाट मनोनित एकसहित २० जनाको पदावधि फागुन २० गतेदेखि सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । संवैधानिक प्रावधानअनुसार कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले माघमै निर्वाचन गर्न लागिएको हो ।