धनकुटामा पाँच उम्मेदवारको शून्य मत, २५ जनाले १० मत पनि कटाउन सकेनन्

धनकुटा : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच जना उम्मेदवारले शून्य मत पाएका छन्। निर्वाचन कार्यालयको तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा वडाध्यक्षका उम्मेदवार वनेका उनीहरूले शून्य मत प्राप्त गरेका हुन्।शून्य मत प्राप्त गर्ने उम्मेदवारहरु स्वतन्त्र व्यक्तिदेखि पार्टीका नेतासमेत रहेका छन्। प्राप्त मत परिणाम हेर्दा उम्मेदवार आफैँले पनि आफैँलाई मत हालेको देखिएन। धनकुटा नगरपालिका-२ मा स्वतन्त्रतर्फ उम्मेदवार बनेका गोविन्द निरौलाको मत शून्य आएको छ। उनको चुनाव चिन्ह गुलाफमा शून्य