एमसीसीको साइडइफेक्ट : वीरेन्द्रनगरमा कर्फ्यू, गोलीसमेत हान्न सक्ने आदेश

सुर्खेत । सोमबार दिनभर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवस्था तनावग्रस्त बन्यो । एमसीसी सम्झौता संसद्‍बाट पारित गरेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो । सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले नेपाल बन्द घोषणा गरेका थिए ।प्रदर्शन उग्र बन्दै गएपछि वीरेन्द्रनगरका मुख्य चोकहरूमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले बेलुका पाँच बजेपछि आन्दोलन साम्य हुने अपेक्षा गरेको थियो । तर साँझ बन्दकर्ताहरू झन् उग्र बन्