गएराती नवलपरासी (पूर्व) को एक क्रसर उद्योगभित्र जेसिबीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । देवचुली नगरपालिका–१३ बोहुलाखोलास्थित मनकामना क्रसर उद्योगभित्र जेसिबीको ठक्करबाट सोही क्रसर उद्योगभित्र क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली नगरपालिका–१२ की ४० वर्षीया निर्मला कुमारी महतको मृत्यु भएको हो । जेसिबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको देवचुली अस्पताल दलदलेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।