म्यानमारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा थप सात वर्षको जेल सजाय सुनाएको । नोवेल पुरस्कार विजेताको १८ महिना लामो सुनुवाइ समाप्त गर्दै अदालतले उक्त सजाय सुनाएको हो ।सुकीलाई हेलिकोप्टर भाडामा लिने, खरिद गर्ने र मर्मतसम्भार गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको अभियोगमा थप सात वर्ष जेल सुनाएको हो । उनका कार्यले राज्यलाई घाटा पुगेको अदालतले जनाएको छ । सुकीलाई सैन्य सरकारले सन् २०२१ को फेब्रुअरीदेखि नजरबन्दमा राखेको छ । गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रि