महिला हिंसाविरुद्धको १६ दिने अभियान : हिंसा गाउँमा, सचेतना कार्यक्रम सहरमा

रुकुम पश्चिम - हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनि मनाइँदै छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथमा विभिन्न सचेतनामूलक कार्यक्रम यस दिवसको अवसरमा भइरहेका छन् ।  नेपालमा सामान्यतया नागरिक समाज र राज्यसमेतले  दिवसका बेला तामझामसहित  कार्यक्रम र अभियान सञ्चालन गरे पनि  अन्य बेला भने लैङ्गिक हिंसा विरुद्धका गतिविधिहरु न्यून हुने गरेको छ । कमै हुने केही गतिविधिहरु पनि ...