जुम्लामा बाढी पहिरोले विच्छेद भएको राष्ट्रिय प्रशारण लाइन झण्डै तीन हप्तापछि मर्मत, विद्युत् सेवा सुरु

जुम्ला – अघिल्लो महिना असोज १९ गते पछिको बाढीपहिरोले विच्छेद भएको राष्ट्रिय प्रशारण लाइन निर्माणपछि जुम्लामा विद्युत् सेवा सुरु भएको छ । झण्डै तीन हप्तापछि जुम्लामा बिजुली बलेको छ । वर्षाले क्षति गरेपछि कर्णाली राजमार्गसँगै विद्युत् सेवा समेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । तर बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको थियो । निरन्तर मर्मतको काम गरेपछि विद्युत् सेवा नियमित भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्...