सरकारले आउँदो धानबालीका लागि रासायनिक मल अभाव हुन नदिनका लागि स्रोत व्यवस्थापन गर्न लागेको छ । हिउँदे बालीका लागि मलको अभाव नभए पनि धानबालीमा अभाव हुनसक्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप एक लाख टन मल खरिदका लागि स्रोत जुटाउन लागेको हो ।चालू आर्थिक वर्षमा छुट्याएको रकमले मल खरिद गर्न नपुग्ने भएकाले थप रकम […]