श्रीलंकामा फेरि संकटकाल लागु, थप कडाइ गरिने

एजेन्सी । श्रीलंकामा फेरि संकटकाल लागु गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकका गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन् ।  राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन् । राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले थप कडा कानुनको आह्वान गरेका छन् । स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ...