मोतिपुरमा एकाएक बने २ हजार टहरा ? ४ जना मारिने हिंसात्मक घटना पछाडि लुकेको यस्तो रहस्य !

रूपन्देहीको बुटवल उपमहानगरपालिकाको मोतिपुरमा निर्माणाधीन औद्योगिक क्षेत्रमा प्रहरी र जग्गा कब्जा गर्न आएकाबीच आइतवार भएको झडपमा मारिएका थप २ जनाको सनाखत भएको छ ।  सोमवार २ जनाको सनाखत भएको हो । मृतकमध्ये पूर्वी नवलपरासीको अरुणखोलाका १८ वर्षीय उज्जव कुमाल र रुपन्देहीको सुद्धोधन गाउँपालिकाका वीरेन्द्रप्रसाद कुर्मीको पहिचान खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले बताए । आइतवार कपिलवस्तु जिल्लाको वाणगंगा–१० निवासी ४८ वर्षीय रमेश परियारको मृत्यु भएको पहिचान खुलेको थियो । अर्का १ जना...